Public Pana
अर्थमन्त्री महतको औद्योगिक पार्क अवधारणामा जोड

अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।

आज शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताए ।

महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको अर्थमन्त्री महतले बताए ।

उनले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थीरता दिन सक्ने धारणा राखे ।

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै अर्थमन्त्री महतले यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।

उनले सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गरे । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update