Public Pana
दोलखामा बस दुर्घटना, २१ जना घाइते

दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update