Public Pana
महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक स्पेन

स्पेन अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ । 

अन्तिम आठको पहिलो खेलमा स्पेन र साबिक उपविजेता नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा पुग्दा स्पेनले जीत हात पारेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि मरिओना कल्देन्तेले ८१औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । ९० मिनेटपछिको इन्जुरी टाइममा स्टेफानी भ्यान डर ग्राग्टले गोल गर्दै खेल बराबरीमा पु¥याएपछि खेल अतिरिक्त समयमा ढकेलिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफ पनि गोल रहित बराबरीमै सकिएपछि स्पेनका लागि खेलको निर्णायक गोल १११औँ मिनेटमा सल्मा सेलेस्टे पारालुएलो आयिङ्गोनोले गरिन् । यस जीतसँगै स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनल चरण पुगेको छ ।

यसपालि विश्वकपको एकै संस्करणमा स्पेनले १२ गोल पूरा गरेको छ । यसअघि उसले स्विट्जरल्यान्ड र जाम्बियाविरुद्ध समान ५–५ गोल गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update