Public Pana
रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो । 

सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वन्त्र पार्टीका रबि लामिछानेले भारी मतसहित जित्ने विभिन्न एक्जिट पोलले देखाएको छ । रास्वपाले धेरैजसो कंग्रेसको मत तान्ने भएकाले मत गणनाको अन्तिम नजिता पनि कंग्रेसले सोचेजस्तो नहुन सक्ने बिश्लेषण गर्न थालिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update