Public Pana
फूलको आकर्षणसँगै कमाई पनि

पूर्वी पहाडका तेह्रथुम, धनकुटा र सङ्खुवासभाका दुई हजार मिटर माथिका बजार र आसपासका ग्रामीण बस्तीका अधिकांश घरमा अहिले १२ भन्दा बढी रङका बेगोनिया फूलेका छन् ।

घरको बार्दली, बरन्डा, कौसी र भर्याङमा गमलामा सजाइएका यी फूलले आएका पर्यटकलाई समेत आकर्षित गरिरहेको छ ।

निकै आकर्षिक बेगोनिया फूलहरूले अहिले पूर्वी पहाडी बजार र बस्तीलाई रङ्गीचङ्गी बनाएको छ । तेह्रथुमको वसन्तपुर, टुटे देउराली, लसुने, चित्रे, जिरिखिम्ती, धनकुटाको सिंधुवा, जोरपाटी, हिले, पाख्रीबास र संखुवासभाको मुढेशनिश्चरे लगायत बजार र बस्ती फूलले सजिएको छ ।

१८ औं शताब्दीतिर अमेरिका नजिक पर्ने डोमिनिकल रिपब्लिक टापुमा वनस्पतिविद् मिसेल बेगनले यो फूल पत्ता लगाएका हुन् । उनकै नामबाट यस फूलको नामाकरण गरियो – बेगेनिया । उच्च पहाडका चिसो हावापानी भएका तेह्रथुम, धनकुटा र सङ्खुवासभाका पूर्वी पहाडका बजार र ग्रामीण क्षेत्रका अधिकांश घरमा अहिले बेगोनिया फूलेका छन् ।

पूर्व घुम्न आएका पर्यटक समेत यसैमा रमाएका छन् ।

बेमौसममा फुल्ने यो फूलले घर र बस्तीको सौन्दर्य बढाउनमा मद्दत त पु¥याएको छ नै, फूल विक्रीबाट स्थानीयले आम्दानी समेत गरिरहेका छन् ।

बेगोनिया फूलका प्रजाति संसारभर २ हजारभन्दा बढी रहेको बताइन्छ । विश्वभर चर्चित रहेको यो फूलको अमेरिका, ब्राजिल, अर्जेन्टिना तथा भारतको दार्जिलिङमा अत्यधिक खेती हुने गरेको छ ।

flower-11691742996.jpg

flower1691743018.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update