Public Pana
संसद अवरुद्ध गर्ने रास्वपाको घोषण, सेवा सुविधा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले आज शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।

साथै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयमा कुनै पनि सेवा सुविधा नलिने सभामुखलाई उनले जानकारी दिए ।

‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ सभापति लामिछानेले भनेका छन् ।
Rsp-Samsad1691744006.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update