Public Pana
एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।

आज शुक्रबार दिउसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । 

तर सांसद साहले बोल्न थालेपछि सत्तापक्ष सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका थिए । होहल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरु नाराबाजी गर्दै सभामुखको आसन घेर्न पुगेका थिए ।

बैठक प्रारम्भ भएको १५ मिनेटपछि सभामुख घिमिरेले साउन २९ गते दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

sansad1691740878.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update