Public Pana
विरोध गर्नेमा विषय खोज्दै एमाले

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।

आज शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन् ।

‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो बिहीबार पक्राउ गरेको थियो ।

सांसद शर्मासहित ब्युरोले आज बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गरिरहेको एमालेले शुक्रबार पनि संसद बैठकमा नाराबाजी गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update