Public Pana
सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ परेकी हुन् ।
उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

सिआइबीले मोरङ क्षेत्र नम्बर ३बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।
डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन् ।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update