Public Pana
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६ पुगेको छ । 

पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै नक्कली सर्टिफिकेट अभियोगमा पक्राउ पर्ने चिकित्सकको संख्या ६ पुगेको हो । 

यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।     
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update