Public Pana
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता (तस्विरहरु)

अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका नेपाली काष्ठकलाका सामग्री फिर्ता भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।

वाशिङ्गटन डिसीमा रहेको नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा पुर्याएका ती सामग्री भन्सार तथा बोर्डर प्रोक्टेक्सन (सीबीपी) ले बरामद गरेको हो ।

यो सामग्री गएको मे महिनाको ११ तारिखमा नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।  

सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका ४७ सामग्री नेपाल फिर्ता भइसकेको छ ।

usa-31691717252.jpg

usa41691717124.jpg

usa-61691717188.jpg

usa-11691717160.jpg

usa-1691717099.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update