Public Pana
नेपालमा फाइभजी प्रयोग नाम मात्र !


नेपालमा आमउपभोक्ताहरुले फाइभजी सेवा तत्काल उपयोग गर्न नपाउने देखिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल फाइभजी सेवा परीक्षणको अनुमति प्राप्त गरेर आन्तरिक रुपमा परीक्षण गरिरहेको छ ।

फाइभजी सेवाका उपलब्ध गराइएको फिक्वेन्सी व्यावसायीक उद्देश्यले भन्दा पनि परीक्षण प्रयोजनका लागि दिइएको नेपाल टेलिकमले जानकारी दिएको छ । यस्तोमा परीक्षण प्रयोजनका लागि उपलब्ध फिक्वेन्सीबाट तत्काल उपभोक्ताले उपयोग गर्नेगरी फाइभजी सञ्जाल गर्नेतर्फ नेपाल टेलिकम अग्रसर देखिएको छैन ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट नेपाल टेलिकमलाई २७०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फिक्वेन्सीमा फाइजी परीक्षणको अनुमति दिएको थियो ।

प्राधिकरणले उपलब्ध गराएको फिक्वेन्सीमा नेपाल टेलिकमले करिब एक वर्षदेखि फाइभजी परीक्षण गरिरहेको छ। यसका लागि नेपाल टेलिकमले काठमाडौंको दुई स्थान सुन्धारा र बबरमहलमा तथा मधेश प्रदेशको वीरगन्ज र गण्डकी प्रदेशको पोखरामा फाइभजी उपकरण जडान गरेर परीक्षण गरिरहेको छ ।

परीक्षणका प्रयोजनका लागि फिक्वेन्सी उपलब्ध गराएकाले तत्काल व्यावसायी प्रयोजनमा फाइभजी उपलब्ध हुने सम्भावना न्यून रहेको नेपाल टेलिकमले जनाएको छ । 

अवधारणा पत्र-स्वेत पत्र अनुसार फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई उपलब्ध गराइएको २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीको समयसीमा आउँदो १ जनवरी २०२४ अर्थात २०८० पुस १८ गतेदेखि समाप्त हुँदैछ ।
 

अब प्रश्न स्वत उठ्छ, फाइभ जी के हो ?

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update