Public Pana
आज राति १२ बजेदेखि मौन अवधि सुरु

यही मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभाको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदानअघिको ४८ घन्टालाई स्थिर समय अर्थात् मौन अवधि मानिएको छ । यो समय दल, उम्मेदवार तथा अन्य कसैले पनि चुनाव प्रचारप्रसारलगायत मतदाता प्रभावित गर्ने काम गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले ४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ ।

आयोगका अनुसार, मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइनेछैन । कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ ।

आज राति ৭২ बजेपछि के के गर्न निर्वाचन प्रचारप्रसार लगायत कुनै प्रकारका कार्यशाला पाडदैन प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७ सय राजनीतिक राखिएका मतदान सज्जाल, अनलाइन, माध्यमबा उम्मेदवारको विपक्षमा समाप्त नभएसम्म कसैले मतदाता काममा संलगन व्यक्ति सन्देश, जुनसुके निर्वाचन प्रचारप्रसार माग्का मेसेज सर्भिस (एसएमएस), सज्जाल माध्यमको प्रयोग सभा साधन भ्रामक वरिपरिको मतदानलाई पर्जना वातावरण निर्वाचन आयोग, नेपाल NEPAL तथा माजिक विज्ञापन'

उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने छ । यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पाइँदैन ।

आयोगले मौन अवधिमा मदिराको बिक्री–वितरण र सेवनमा पनि निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको हो । ्

मदिरा निषेध गराउन तथा यसबारे सूक्ष्म अनुगमन गर्न आयोगले जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update