Public Pana
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ९शुक्रबार० दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।

 बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने रु नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले  जानकारी दिनुभयो ।
स्रोतका अनुसार कंग्रेस सांसद सुनील शर्मा पक्राउको बिषयमा समेत बैठकमा केही सांसदहरुले आवाज उठाउने तयारी गरेका छन् ।

पछिल्लो सुन काण्डको बिषयमा अर्थमन्त्री र गृहमन्त्रीलाई जोडेर शर्माले संसदमा कुरा उठाएकै   कारण उनलाई प्रहरी लगाएर पक्राउ गरिएको भन्दै केही सांसदहरुले बिरोध गर्ने तयारी गरेक छन् । 

    बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

आजको बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक हिजो बसेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update