Public Pana
सत्तारुढ गठबन्धनले आज कोटेश्वरमा बृहत चुनावी सभा गर्दै

सत्तारुढ गठबन्धनले बिहीबार काठमाडौंमा बृहत चुनावी सभाको आयोजना गर्ने भएको छ। गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो।

अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update