Public Pana
सुनिल शर्माको प्लसटुको सर्टिफिकेट नक्कली भएको सीआईबीको आशंका

प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत शर्मा पक्राउ परेका हुन् । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उनले भनिन् ।

सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । 

यो प्रकरणमा प्रहरीले शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update