Public Pana
बुद्ध एयरको जहाज भैरहवा जान नसकेर काठमाडौंमै अवतरण

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update