Public Pana
सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई आज बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा सत्तारुढ नेपाली कांग्रेसका सुनील शर्मा पक्राउ परेका हुन् ।

उनलाई गोल्फुटारस्थित आफ्नै निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  पक्राउ गरेको हो ।

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update