कानुन मन्त्री अस्पताल भर्ना
कानुन मन्त्री धनराज गुरुङ बिरामी भएकाले अस्पताल भर्ना भएका छन् ।
गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको हो ।
अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।
गुरुङ ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १४:२५
प्रतिक्रिया दिनुहोस्