Public Pana
फुटबल खेलाडी विदेशिए

नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिएका छन् । खेल खेल्नका लागि नभएर आफ्नो अध्ययन तथा आय आर्जनका लागि विदेशिएका हुन् । 

आज विहीबार ३ जना खेलाडीहरु पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् ।
उनीहरु अस्ट्रेलिया प्रस्थान गरेका हुन् । 

पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।

दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

अवसर, अध्ययन र रोजगारीको अवसरका लागि विभिन्न व्यक्तिहरु विदेशिने दौडमा लागेका बेला खेलाडीपनि पछि छ्रैनन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update