Public Pana
प्रधानमन्त्री दाहालसँगको परामर्शमा विदेश निस्किएको :  माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेर नै आफू युरोप भ्रमणमा निस्किएको बताएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पिरामिडको उपल्लो तहमा पनि छानबिन गर्नू भनी आदेश दिएको भोलिपल्ट नै उनी स्वीटजरल्याण्ड भम्रणमा निस्किएका हुन् ।

त्यसैमा पनि आलोचना खेपेका नेपालले अनलाइनखबरलाई प्रधानमन्त्री प्रचण्डसँग परामर्श गरेर आएको जानकारी दिए ।
तर ललिता निवास बालुवाटारको जग्गा लफडापूर्ण होला भन्ने आफूलाई नलागेको उनले बताएका छन् ।

लामो समयदेखिको लफडाको विषय राजा महेन्द्रकै पालाबाट सुरु भएको, २०४७ सालमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको पालासँगै आफ्नो समयमा पनि आएको छ । आफूले मसिनो गरी नबुझेको आफू प्रधानमन्त्री हुँदा निवास विस्तारमा जोडिएको हो ।  

उनले भने,“मेरो त क्लियर कुरा के छ भने मेरो त्यहाँ जग्गासँगको विषय होइन। त्यसको अर्थ जग्गाको विषय प्रमुख होइन, पुल बनाउने भएपछि यो कुरासँग जोड्दाखेरि जग्गाको कुरा जोडिएला, बाटो बनाउने कुरा जोडिएपछि बाटोको जग्गाको कुरा आउला, त्यो बेग्लै कुरा भयो, तर जग्गामा लफडा छ, त्यहाँ नक्कली मोहीको नाम चढेको छ, यस्तो किसिमको गैरकानुनी काम भएको छ भन्ने कुरा कुनै सन्दर्भ, प्रसंगले पनि उठाएको होइन, गुरु योजनालाई कार्यान्वयन गर्ने कुरामा मेरो सामुन्नेमा त्यो नक्सा ल्याइयो, मलाई राम्रो लाग्यो। राम्रो लागेपछि अगाडि बढाउनू भनेँ, अरु त्यसमा मेरो धेरै चासो पनि होइन ।

नोट : यो अनलाइनखबरडटकममा उपलब्ध छ 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update