Public Pana
मन्त्रीको सय दिने समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्रालयको  अनौठो फर्मान

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूले पदभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सबै स्वाथ्यकर्मी अनिवार्य उपस्थित हुन उर्दी जाहेर गरेका छन् ।

भोली शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका सरकारी अस्पतालका चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

letter1691653759.jpg

स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतालका प्रमुखलाई पत्र पठाएर उक्त कार्यक्रममा उपस्थित हुन भनेकाले सबै कर्मचारीलाई निर्देशन समेत दिईएको सम्बन्धीत अस्पतालले जनाएका छन् ।

स्वाथ्यमन्त्रालयद्धारा जारी पत्रमा, “अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सेवा प्रवाहमा असर नपर्ने गरी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरूलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित भई कार्यक्रमको गरीमा बढाई कार्यक्रम सफल बनाउनुहुन अनुरोध छ,” भनिएको छ ।

पछिल्लो समय आँखाको समस्या, रुघाखोकी लगायतका कठिनाईबाट हजारौ सर्वसाधाारण दैनिकी अस्पताल धाइरहेका छन् । यस्तो बेला स्वास्थ्य मन्त्रीको भेला हुने उर्दीले चिकित्सक मात्र होइन जनता पनि मारमा पर्ने निश्चित छ । ठूलो सँख्यामा भेला हुने कार्यक्रममा चिकित्सक नै स्वास्थ्य मारम नपर्लान भन्न सकिदैन । 

bir1691653788.jpg

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update