Public Pana
काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप 

काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ ।

आज बिहीबार काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोला खोतल्न थालेपछि समस्या उत्पन्न भएको हो ।
काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको  कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन,’ थापाले भने ।

बुढानीलकण्ठ नगरपालिकाका  स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update