Public Pana
काठमाण्डौमा ट्याक्सी व्यवसायीको आन्दोलन

विभिन्न माग राख्दै मिटर ट्याक्सी व्यवसायीले काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभाग अगाडी प्रर्दशन गरेका छन् । 


बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

निजी सवारीले यात्रु बोक्दा आफुहरुको व्यवसाय धरापमा पर्न लागेको भन्दै उनीहरुले अन्य माग पनि अघि सारेर बिरोध प्रर्दशन गरेका हुन । 


उनीहरूले निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा भारतीय गाडीको प्रवेश रोक्नुपर्ने  काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन हुनुपर्ने, आफुहरुमाथी ट्राफिक प्रहरीले दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।

ट्याक्सी व्यवसायीको आन्दोलनका कारण विहान बानेश्वर कोटेश्वर लगायत क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update