Public Pana
निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । 

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि  ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

press note home minstry1668499879.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update