Public Pana
राष्ट्रपति उम्मेदवार रहेका इक्वेडरमा एक पत्रकारको हत्या

इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।

केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या गरिएको हो ।

उनले क्विटो शहरमा एक चुनावी र-यालीको आयोजना गरेका थिए, एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानी हत्या गरिएको हो । 

स्थानीय सञ्चारमाध्यमले आन्तरिक मन्त्री जुआन जापाटालाई उद्धृत गर्दै यो खबरको पुष्टि गरेका छन् । 

५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update