Public Pana
टमाटरकोे मूल्यवृद्धिले विश्व रेकर्ड  :  नेपाली कृषि प्रधान प्रमाण होला ?

टमाटरको मूल्य उच्च उपभोक्ता मारमा परेका छन् । नेपाली टमाटर नै यसरी महंगो भएकाले किसान भने खुँसी छन् ।

गोलभेँडाको मूल्य आफूले खेती गरेको इतिहासमै सबैभन्दा धेरै प्रतिकिलो ११० पाउँदा किसानको खुसीको सिमा छैन ।

यसले नेपाल कृषि प्रधान देश र नेपाली किसान भएर विश्वभर चर्चामा आउनुका साथै नेपाली कृषि वस्तु टमाटर जस्तै उत्पादनमा जोड दिन सरकार लाग्ला ? यो प्रश्न उठिरहेको छ ।

किसानसँ ११० मा किन्दा बजारमा १८०प्रतिकिलो पुगेको छ । तर बजार अनुगमन नहुँदा भारतबाट आयात भएको टमाटर बजारमा बढेको छ भने, नेपालका विभिन्न स्थानमा गोलभेँडाको मूल्य अत्याधिक हुनुमा माग धेरै भएको किसानको भनाइ छ ।

त्यही अनुसार गोलभेँडा नेपालका विभिन्न जिल्ला धरान, इटहरी, विराटनगर, दमक, विर्तामोत लगायत विभिन्न स्थानमा व्यापारीको चाप समेत बढेकाले किसान खुसी भएका हुन् । 

केही समय अघि नेपालमा भारतीय गोलभेँडा खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए । 

अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update