Public Pana
अमेरिकाको जीएआरसी अवार्ड, नेपालीलाई 

सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) प्राप्त गरेकी छन् । 

बीस वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गरिरहेकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकीराजदुत डिएन आर थोमसनले नेपालीसँगै उभिएको फोटो खिचेर ट्वीटरमा समेत राखेर बधाइ दिएका छन् ।
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् ।
अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन् ।

सम्मान र समानताको खोजीमा उनको योगदान, साहस र समर्पणको उदाहरण हो । 
@USAmbNepal

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update