Public Pana
उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत   


सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update