Public Pana
क्लासिक टेक र सुविसु केबलनेट लगायत ४८ कम्पनी कारबाहीमा 

क्लासिक टेक र सुविसु केबलनेट लगायत ४८ कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम तिरेका छैनन्।

सेवा प्रदायकहरुले दूरसञ्चार सेवा सञ्चालन गरे वापत दूरसञ्चार ऐन, २०५३ बमोजिमत आर्थिक वर्ष २०७८-७९ मा आर्जन गरेको कूल आम्दानीको ४ प्रतिशत रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको २ प्रतिशत रकम नतिरेको नेपाल दूरसञ्चार प्राधिकरणले आज बुधबार सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

सेवा प्रदायकले उक्त रकम २०७९ पुस मसान्त भित्रमा दाखिल गर्नु पर्ने थियो। प्राधिकरणले थप दस्तूर सहित रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको बक्यौदा रकम २०८० साउन मसान्तसम्म दाखित गर्न म्याद दिएको छ ।

उक्त समयसम्म बक्यौदा रकम नबुझाए नियमानुसार हदैसम्मको कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

telicom-11691586641.jpg
leli-21691586621.jpg

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update