Public Pana
चीनमा उपभोक्ता वस्तुहरुको मूल्य सस्तो 

चीनमा उपभोक्ता वस्तुहरुको मूल्यमा दुई वर्षभन्दा बढी समययता पहिलोपटक भएको छ ।

गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्षको जुलाईमा उपभोक्ता मूल्य सूचकांक– ‘कन्ज्युमर प्राइस इन्डेक्स’मा शून्य दशमलव तीन प्रतिशतले गिरावट आएको राष्ट्रिय तथ्यांक विभागले आज बुधबार जनाएको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको गत महिनाको निर्यातमा पनि साढे १४ प्रतिशतले गिरावट आएको र यो तीन वर्षको अवधिमा आएको तेस्रो गिरावट भएको जनाइएको छ ।

मूल्य घटे पनि डिफ्लेसन अर्थात मुद्रा अपस्फितिलाई अर्थतन्त्रका जनाकारहरुले सामान्यतः नकारात्मक रुपमा हेर्ने गरेको रोयर्टसले जनाएको छ ।

मूल्यमा आउने कमीले उत्पादनमा कमी आउने र यसले मानिसहरुले रोजगारी गुमाउने वा तलबमा कटौती निम्त्याउने सम्भावना रहन्छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update