Public Pana
पर्याप्त मत नपाउँदा पहिचान स्थापित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा देशमा पहिचान स्थापित हुन नसकेको दाबी गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई आज बुधबार सम्बोधन गर्दै उनले अहिलेको आन्दोलनबाट पहिचान आउन मुस्किल रहेको उल्लेख गरे ।

प्रधामन्त्री दाहालले अहिलेको आन्दोलनबाट पहिचान आयो भने ठीकै रहेको जनाउँदै २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ नै पहिचान पारित हुने खुलासा समेत गरे ।

२०७० मा आफुले नेतृत्व गरेको पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको पहिचानको नारासहित चुनाव लडेपनि शेर्पा प्रदेश र किरात प्रदेशको नाम घोषणा गर्दा समेत सदनमा पहिचानको पक्षमा शक्ति प्राप्त नहुँदा जातिय पहिचान लागु हुन नसकेको उनको भनाई थियो ।

प्रधानमन्त्री दाहालले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले संवेदनशील अवस्था बनाएको बताउँदै त्यसबारे सरकार गम्भी रहेको समेत जनाए ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update