Public Pana
‘अनलाइन’सेवाबाट काम गर्न सकेन वैदेशिक रोजगार विभागले 

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले हिजो मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा पर्सि शुक्रबारसम्म अवरोध हुने छ ।

सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।

यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको हो ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update