Public Pana
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरु अहिले छलफलमा जुटेका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ । 

डेढ क्विन्टल सुुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । 

आज बुधबबार दिउँसो १ बजेका लागि संसद बैठकक बोलाइएको छ ।


 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update