Public Pana
आज कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज बुधबार बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो । 

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । 

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update