Public Pana
कैलालीको भजनीमा हजारौँ घर विस्थापित

अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।

बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् ।

नगरपालिकाले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको जानकारी दिएको छ ।

हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएकोले उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

नगरपालिकाका अनुसार कोही सेफ हाउसमा गएका छन् भने कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएका छन् । यो क्रम बढ्दो छ । अहिलेसम्म उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेकोले बाढी पिडितको अवस्था नाजुग छ ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।

bhajani-1691551486.png

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update