Public Pana
यी श्रेष्ठ सूचीमध्ये कसले पाउने हो मदन पुरस्कार –  २०७९ ?

मदन पुरस्कार– २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज बुधबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update