Public Pana
राहुल गान्धीलाई दिइयो यसअघि खोसिएको सरकारी बंगला

सांसद पदमा पुर्नबहाली भए पछि कांग्रेस आइका नेता राहुल गान्धी संसदीय राजनीतिमा फर्केका छन् । 
 
सर्वोच्च अदालतवाट पुर्नबहाली भएका कांग्रेस नेता गान्धीलाई उनलाई सरकारी निवास दिईएको छ । 
 
भारतीय सञ्चारमाध्यमका अनुसार संसदको आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन ।
 
तर, राहुलले यो बंगला लिने वा नलिने भन्नेबारे ८ दिनभित्र जवाफ दिनु पर्नेछ । बंगला लिने बारे सोध्दा उनले भने, ‘मेरो पूरै भारत घर हो।’
 
राहुल १९ वर्षदेखि यही बंगलामा बस्दै आएका छन् । मानहानीको मुद्दामा दोषी ठहर भएपछि उनले अप्रिल २२ मा उक्त घर छाड्नु परेको थियो । 
 
त्यसपछि उनी १० जनपथस्थित सोनिया गान्धीको निवासमा सरेका थिए । सन् २००४ मा पहिलो पटक अमेठीबाट सांसद बनेपछि उनले सन् २००५ मा १२ तुघलक लेनमा बंगला पाएका थिए । 

राहुलले यही वर्ष फेब्रुअरी २६ मा आफूसँग कुनै घर नभएको बताएका थिए । उनले जनताको सेवा नै आफनो पहिलो काम भएको जनाईएको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update