Public Pana
कसरी हरायो टेलिकमको १० लाख मुल्य बराबरको रिचार्ज कार्ड ?

 नेपाल टेलिकमको दश लाख मुल्य बराबरको मोवाइल रिचार्ज कार्ड हराएको छ ।ढुवानीका क्रममा उक्त रिजार्च कार्ड हराएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको रिजार्च कार्ड एक निजी सेक्युरिटी मुद्रण कम्पनीले छाप्दै आएपनि कसरी कार्ड हरायो भन्ने बिषयम टेलिकमले बिस्तृत जानकारी गराएको छैन ।

टेलिकम उच्च स्रोतका अनुसार उक्त कार्ड चोरी भएकाले हराएको सूचना जारी गदै उपभोक्ता वा खुद्रा बिक्रेतालाई प्रयोग नगर्न टेलिकमले आग्रह गरेको छ । 
 
टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको भन्दै मोवाइलमा रिचार्ज नगर्न अपिल गरेको छ । 

टेलिकमका अनुसार सिरियल नम्वर ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरिएको छ ।

टेलिकमले उक्त रिचार्ज कार्ड कसैले भेटेमा नजिकैको दुरसंचार कार्यालयमा बुझाइदिन वा प्रहरीलाई जानकारी दिन समेत अपिल गरेको छ । 
Telecome1691547810.jpeg

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update