Public Pana
भारतमा १६ मजदुरको मृत्यु 

भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि एक्सप्रेस राजमार्गमा आज मंगलबार पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको छ ।

राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको हो । घटनामा तीनजना घाइते भएका छन् ।

दैनिक भाष्करका अनुसार गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो ।

मजदुरको उद्धार कार्य जारी छ ।

गर्डर मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update