Public Pana
मृत्यु हुने संख्या ४ पुग्यो , १५ घाइते

रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  । मंगलबार दिउँसो बस त्रिवेणी गाउँपालिका–७ को तिलानजिकै दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ । 


मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका(२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका(४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ती डाँगी तथा परिवर्तन गाउँपालिका (३ का ४६ वर्षीय भक्तबहादुर बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ । 


रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट खसेको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बस दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update