Public Pana
रोल्पाको रिचिमा बस दुर्घटना २ जनाको मृत्यु 

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । प्रहरीले गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी गरिरहेको छ । 

अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update