Public Pana
सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल जारी

 

एमालेलाई मनाउने प्रयासमा प्रमुख दलका शीर्ष नेताहरु अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा व्यवस्त छन् ।

एमालेले त्रिभुवन विमानस्थालबाट बाहिरिएको एक क्वीण्टल सुन प्रकरणमा सरकारको कमजोरी भएको भन्दै बखेडा झिकेर लगातार संसदको बैठक अवरुद्ध गर्दै आएको छ।

प्रतिपक्षले सरकारलाई दवाव दिने थलो संसद भएपनि एमालेले संसदनै अवरोध गरेर माग पुरा गर्नुपर्ने अडान राख्दै आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गरिहरनुभएको छ। । उहाँको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक उपस्थित हुनुहुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहिरिएको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका कारण सदनको नियमित कामकारबाही हुन पाएको छैन । सदनको अवरोध नहट्दा महत्वपूर्ण विधेयक पेस हुन सकेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update