Public Pana
बागमतीको बाढीले एमालेको मुख्यालय जलमग्न

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा नदीमा उर्लिएको बाढीका कारण ललितपुर च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयलाई बाढीले क्षति पुगेको भन्दै तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उनको भनाइ छ । 

हिजो सोमबार राति देखिको अविरल वर्षाका कारण उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update