Public Pana
मकवानपुुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी

मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन । 


मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुुन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।


पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ । 

सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update