Public Pana
रेखामाथि दुर्व्यवहारको आरोप

नायिका रेखा थापाको नयाँ फिल्म ‘उपहार’ छायांकनमा नजाँदै विवादमा आएको छ ।

फिल्मका कथाकार सुलक्षण भारतीले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूमाथि अन्याय भएको भन्दै न्याय मागेसंगै विवादको घटना बाहिर आएको हो ।

उनले आफ्नो कथामाथि आफ्नै अनुमति र पारिश्रमिक बिना काम सुरु गर्न खोज्नु न्यायोचित नभएको भन्दै सञ्जालमा लेखेसंगै विवाद बाहिर आएको हो ।

सुलक्षणको पोस्टमा निर्देशक ज्ञानेन्द्र देउजाले कमेन्ट गरेसंगै घटनाबारे आम दर्शक समेत जानकार भएका हुन् ।

देउजाले कथाकारलाई नै सम्पर्कमा नआएको आरोप लगाएका छन् भने उनकै कारण वैशाखमा छायांकनमा जाने भनेको फिल्म अहिलेसम्म जान नसकेको बताएका छन् ।

बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा उठाईरहेका छन् ।

रेखा थापाको ह्यासट्यागसंगै ‘मि टु’ तथा ‘क्रिएटिभ एब्युजमेन्ट’ (रचनात्मक दुर्व्यवहार) को ट्याग राखेका छन् । साथै उनले पोस्टमा रेखालाई पनि ट्याग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update