Public Pana
पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज सोमबार सार्वजनिक सूची प्रकाशित गरी न्यूनतम ६ महिनादेखि १ वर्ष सम्मका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा सुमित रौनियार संचालक रहेको पप्पु कन्स्ट्रक्सन, इश्वर रिमाल रहेको नतासा निर्माण कम्पनी, जनकपुरको नव निर्माण विल्डर्स, ललितपुरको चेतना कन्स्ट्रक्सन, पाँचथरको बुढाथोकी निर्माण सेवा लगायत छन् ।

धेरैजसो डिभिजन सडक कार्यालयको सिफारिसमा कालोसूचीमा परेका हुन् ।

कालोसूचीमा परेकाको नामावली :

sarbajanik1691417138.jpg


 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update