ग्राहकसँग शुल्क
उच्च अदालतको आदेशद्धारा व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने
काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सोमबार काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको हो ।
अदालतले साउन ३० गतेसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न पनि काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको उच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १९:३०
प्रतिक्रिया दिनुहोस्