Public Pana
सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउने सञ्चारमन्त्री रेखाको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउन लागेको बताएकी छन् ।

नेपाल प्रेस काउन्सिलले भक्तपुरमा आज सोमबार गरेको कार्यक्रममा उनले सामाजिक सञ्चालनमा पशुपतिको जलहरी प्रकरणमा केपी ओलीलाई पुरै जिउभरी सुन लगाइदिएको र प्रधानमन्त्री भारतबाट फर्किँदा भैंसी चढाएको फोटोप्रति असन्तुष्टि जनाइन् ।

उनले सामाजिक सञ्चालनको कारणले कतिपय सामान्य मान्छेहरु सुसाइट गर्ने अवस्थामा पुगेकाले सहजकता अपनाउनुपर्ने उल्लेख गरिन् ।

त्यसका लागि मन्त्रालयले हामीले सामाजिक सञ्जालको नियमन गर्ने विषयमा छलफल गरिरहेको मन्त्री शर्माले जानकारी समेत दिइन् ।

अहिलेसम्म टेक्ने कानून छैन कसरी व्यवस्थित गर्ने भन्नेृबारे यसलाई नियमावली बनाएरै भएपनि व्यवस्थित गर्ने उनको दाबी छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update