Public Pana
सरकारको प्रतिवेदनपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माको दाबी

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदनपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने दाबी गरेका छन् ।
 

आज सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले  सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको उल्लेख गरे । 
 

संसद अवरुद्ध गर्न नहुने बताउँदै शर्माले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै विकल्प खोज्न सकिने धारणा राखे । 
 

उनले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको जनाए । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update